पत्रकारका लागि विशेष प्याकेज ल्याउन सरकार सँग प्रेस युनियनको माग

पत्रकारका लागि विशेष प्याकेज ल्याउन सरकार सँग प्रेस युनियनको माग

चैत्र १७ काठमाडौं

कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनले कोभिड १९ महामारी रोक्न सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका सञ्चारमाध्यम र सञ्चारकर्मीका लागि राहतका विशेष प्याकेज घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

युनियनका अध्यक्ष बद्री सिग्देलले सोमबार विज्ञप्ति जारी गरी लकडाउन अवधिको लागि श्रमजिवी पत्रकार र सञ्चारमाध्यमका लागि विशेष आर्थिक सहुलियतको योजना ल्याउन माग गरेका हुन् ।

सिग्देलले राहत प्याकेजमा सञ्चारमाध्यमको नविकरण शुल्क र करमा छुट लगायतका विषय पनि समावेश गर्न सरकारलाई सुझाव दिएका छन् ।

युनियनले कार्यक्षेत्रमा खटिएका सञ्चारकर्मीका लागि कोरोना भाइरस संक्रमणबाट बच्न सुरक्षाका लागि आवश्यक स्वास्थ्य सामग्री तत्काल उपलब्ध गराउन र आकस्मिक उद्धारको व्यवस्था गर्न माग गरेको छ ।

युनियनले सञ्चारकर्मी र सञ्चारमाध्यमलाई आफू सुरक्षित रही महामारीको विषम परिस्थितिमा सत्य,तथ्य र आधिकारिक सूचनामा आधारित समाचार समग्रीमात्र सम्प्रेषण गर्नसमेत आग्रह गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार