बुद्ध एयरले ल्यायो थप एक जहाज

बुद्ध एयरले ल्यायो थप एक जहाज

काठमाडौं । निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले थप एक जहाज भित्र्याएको छ। एयरलाइन्सको ११ औं जहाज एटिआर–७२ आज काठमाडौं आइपुगेको हो। योसँगै बुद्धसँग अब १४ जहाज भएका छन्। अब बुद्ध एयरसँग २ वटा विचक्राफ्ट ९१८ सिट क्षमता०, ३ वटा एटिआर–४२ र ९ वटा एटिआर–७२ गरी १४ वटा जहाज छन्।

बुद्ध एयरले अहिले आन्तरिक उडानतर्फ काठमाडौंलाई बेस बनाएर भद्रपुर, विराटनगर, जनकपुर, तुम्लिङटार, राजविराज, सिमरा, भरतपुर, भैरहवा, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ। यसैगरी विराटनगरलाई बेस बनाएर तुम्लिङटार र पोखरलाई बेस बनाएर चितवन र भैरहवा उडान गर्दै आएको छ। योसँगै बुद्धले अन्तरप्रदेश उडानलाई पनि प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।

केही दिनअघि मात्र दैनिक सय उडान गर्ने योजना सार्वजनिक गरेको थियो। बुद्ध एयरले ‘समय यात्रुको, उडान हाम्रो’ भन्ने नारासहित बजार विस्तारको योजना अगाडि सारेको छ। ‘अब हामी दैनिक १२ दर्जनभन्दा बढी उडान भर्ने छौं,’ बुद्ध एयरका रिजर्भेसन सिनियर एक्जुकेटिभ म्यानेजर सुवास घिमिरेले भने, ‘समय यात्रुको, उडान हाम्रो नाराका साथ हामीले नयाँ तालिका बनाएका छौं। जसबाट यात्रुले जुनसुकै समयमा पनि हवाई सेवा लिन पाउने छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार