विप्लव समूहका कार्यकर्ताद्वारा बस तोडफोड

विप्लव समूहका कार्यकर्ताद्वारा बस तोडफोड

काठमाडौं । पूर्वपश्चिम राजमार्गको झापाको शिवसताक्षीस्थित किराँत चोकमा नेकपा विप्लव समूहका कार्यकर्ताले सार्वजनिक बस तोडफोड गरेका छन्।

शनिबार दिउँसो धरानबाट काँकरभिट्टा तर्फ आउँदै गरेको यात्रुवाहक बसमा केही युवाले खुकुरी प्रहार गरेको र ढुङ्गा हानेर सिसा फुटाइदिएको प्रहरीले जनाएको छ।

दिउँसो १२ बजे बस रोकेर तोडफोड गर्दा अगाडिको भाग र झ्यालका सिसा फुटेका छन्।

विप्लप समूहले आह्वान गरेको नेपाल बन्दका क्रममा सोही पार्टीका कार्यकर्ताले बस तोडफोड गरेको हुनसक्ने प्रहरीले अनुमान गरेकाे छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार