जुम्लामा भीषण आगलागी : ३२ घर र ७० चौपाया जले

जुम्लामा भीषण आगलागी : ३२ घर र ७० चौपाया जले

सुर्खेत । जुम्लामा  भीषण आगलागीबाट घर र पशु  जलेर नष्ट भएका छन् । जिल्लाकाे तिला गाउँपालिका-७, पोखरीस्थित गोठीगाउँमा मंगलबार बेलुकी भएको भीषण आगलागीबाट ३२ घर र ७० पशु चौपाया जलेर नष्ट भएका हुन ।

आगलागीबाट ३२ घर जल्नुका साथै १७ गाई, २३ गोरु र ३० बाख्राको मुत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

स्थानीय परबहादुर रोकायको घरमा खाना पकाउने चुलोको पाइपबाट आगोको झिल्का निस्केर छानामा सल्किएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीबाट करिब तीन करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएकाे छ । सडक नपुगेको ठाउँ, भिरालो बस्ती र घरमा तलदेखि माथिसम्म एकैपटक आगलागी हुँदा समयमा नियन्त्रणमा लिन कठिन भएको र धेरै धनमालको क्षति भएको प्रहरीको भनाइ छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार