संवैधानिक अंगका प्रमुखहरुले प्रधानन्यायाधीश बाट सपथ लिए

संवैधानिक अंगका प्रमुखहरुले प्रधानन्यायाधीश बाट सपथ लिए

काठमाडौं । संवैधानिक परिषद्को सिफारिसमा नियुक्त भएका पदाधिकारीहरूले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा आयोजित एक विशेष समारोहमा संवैधानिक अंगका प्रमुखहरुलाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले सपथ खुवाएका हुन् ।

त्यस्तै अन्य सदस्यहरुलाई संवैधानिक अंगका प्रमुखले सपथग्रहण गराएका छन् । राष्ट्रपतिको उपस्थितिमा भएको सपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली,राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना,उपप्रधानमन्त्री ईश्वर पोखरेल,संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ लगायत सहभागी थिए ।

नियुक्तिप्रति नै असहमति जनाएका सभामुख अग्नि सापकोटाले भने सपथग्रहण समारोह बहिस्कार गरेका छन् । सापकोटाले संसदीय सुनुवाईका लागि पठाइएको निर्णयको सक्कल प्रति फिर्ता गरेका थिए । उनी सिफारिस हुने बैठकमा पनि सहभागी भएका थिएनन् ।

मंसिर ३० गते बसेको संवैधानिक परिषद बैठकले अख्तियार दुरुपयोग अनुसन्धानको आयोगका प्रमुख आयुक्तका पूर्व सचिव प्रेम राई र आयुक्तहरुमा जयवहादुर चन्द, किशोर सिलवाल, मानवअधिकार आयोगको अध्यक्षमा तपवहादुर मगर, निर्वाचन आयोगका आयुक्तमा रामप्रसाद भण्डारी र जानकारी तुलाधर लगायत विभिन्न आयोगहरुमा ४५ जनाको नियुक्ति सिफारिस गरेको थियो । संसदीय सुनुवाई हुन नसकेपछि नियमावली अनुसार ४५ दिन मंगलवार पुगेकाले उनीहरुको नियुक्ति भएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार