बुटवलको कोरोना अस्पतालमा मृत्यु भएका बाबुरामको शब अझै उठेन

बुटवलको कोरोना अस्पतालमा मृत्यु भएका बाबुरामको शब अझै उठेन

चैत्र १८ काठमाडौ ।
कोरोना विशेष अस्थायी अस्पताल बुटवलको आइसोलेसन वार्डमा मृत्यु भएका ३४ वर्षीय बाबुराम थापाको शब अझै पनि आफन्तहरुले बुझेका छैनन ।

कोरोनाको शंका लागेर चैत १३ गते ई रिक्सामा चढेर लुम्बिनी प्रादेशिक अस्पताल गएका उनको उपचारका क्रममा १६ गते निधन भयो ।  श्रीमती रीताले आफ्ना पतिको मृत्यु अस्पतालको लापरवाहीले भएको भन्दै छानबिन नभए सम्म नबुझने बताउनु भएको छ ।

थापा परिवार सैनामैना– ४, सिसौडाँडामा भडाको कोठामा बसेका थापा दम्पतीका सात वर्ष र छ वर्षका दुई छोरा छन् । कोरोना भएको भन्दै अस्पतालले राम्रोसँग उपचार नगर्दा पतिले अनाहकमा ज्यान गुमाउँदा आफू अन्यायमा परेको थापा पत्नी रीताको भनाइ छ ।

दुबईबाट चैत ६ गते नेपाल आएका थापालाई भोलिपल्ट ज्वरो आएको थियो । मुर्गियाको आचार्य मेडिकल पुगेका उनलाई टाइफाइड भएको भन्दै औषधि दिइएको थियो । तर, ज्वरो नरोकिएपछि उनी सरकारी हेल्थपोष्टमा चेक गराएर दुई दिन घरमै बसे ।

 

मृत्यु भएको भोलिपल्ट आएको रिपोर्टमा कोरोना संक्रमण नभएको पाइएको छ । भर्ना भएको दिन नै चेकजाँच गरेर उपचार गरेको भए आफ्ना पतिको ज्यान जोगिने रीताले बताउनु भयो । तर, अस्पतालले बिरामी आफैंलाई ज्वरो नाप्न दिनेबाहेक अरु केही नगरी राखेको आरोप लगाउनु भएको छ ।

 

अस्पताल भर्ना भएको चार दिनसम्म स्वाब परीक्षण गर्न काठमाडौं नपठाएको र सास फेर्न गाह्रो भएको बिरामीलाई आईसीयू वा भेन्टिलेटरमा नराखेको उहाँको आरोप छ । अस्पतालले राम्रोसँग चेकजाँच गरेर अक्सिजन दिएको भए मेरा श्रीमान बाँच्नुहुन्थ्यो होला ।

उपचारमा भएको लापरबाहीबारे निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही र आफूलाई राहतको व्यवस्था नभएसम्म शव नबुझ्ने बताउनु भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार