डोल्पाबाट दुईवटा स्वाव संकलन गरी सुर्खेत लगियो

डोल्पाबाट दुईवटा स्वाव संकलन गरी सुर्खेत लगियो

दुनै-हिमाली जिल्ला डोल्पाबाट कोरोना भाइरसको संभाबित संक्रमणको आशंकामा दुई वटा स्वाव संकलन गरि सुर्खेत लगिएको छ।

कोरोना संक्रमण बिरुद्ध चेकजाँच गर्ने उपकरण पुर्याएन गएका मुख्यमन्त्री शाहीको टोलीले डोल्पाबाट ज्वरोका बिरामीहरुको कोरोना लक्षणका आशंका गरिएपछि स्वाब संकलन गरेर लगिएको हो।

मुख्य मन्त्री महेन्द्र बहादुर शाहीको टोली उपकरण लिएर डोल्पा पुग्दा ज्वरो आउने खोकी लाग्ने र टाउको दुख्‍ने बिमारी भेटिएको र कोरोनाका लक्षणको आशंका गरिए पनि मुख्यमन्त्री कै निर्देशनमा दुईजना बिरामीको स्वाब संकलन गरेर सुर्खेत लगिएको कर्णाली प्रदेशका सामाजिक बिकास मन्त्री दल बहादुर रावलले बताए। स्वाब अहिले सुर्खेतमा राखिएको छ।

भोलीबाट कोरोना लक्षणका परिक्षणको ल्याब सुर्खेत स्थापना हुने कुरा भएपनि भोली त्यसको परिक्षण हुने मन्त्री रावलले बताए । नभए भोली नै काठमडौं पठाइने छ। डोल्पाबाट पहिलो स्वाब लगिएको हो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार