दाङको नाकाबासीलाई सांसद मेटमणि चौधरी द्धारा राहत वितरण

दाङको नाकाबासीलाई सांसद मेटमणि चौधरी द्धारा राहत वितरण

चैत्र १९ दाङ
लकडाउनको कारण समस्यामा परेका दाङका नाकाबासीलाई प्रतिनिधिसभा सदस्य  मेटमणि चौधरीले राहत वितरण गर्नुभएको छ ।

सोमबार गढवा गाउँपालिकाको मुसिनाका र खबरीनाकाका १ सय २० परिवारलाई सांसद चौधरीले राहतस्वरुप खाद्यान्न वितरण गर्नुभएको थियो ।

हरेक परिवारलाई १२ किलो चामल, पाँच किलो दाल, आलु, एक लिटर तेल र एक पोका सोयाबिन वितरण गरेको सांसद चौधरीले जानकारी दिनुभएको छ ।
दाङ क्षेत्रनम्बर १ का सांसद चौधरीले खाद्यान्न वितरण गर्दै भन्नु भयो सरकारले कसैलाई पनि भोकै रहन दिँदैन ।

लकडाउनको बेला समस्यामा परेका विपन्न परिवारलाई राहत वितरण गर्न भन्दै सांसद चौधरीले राहत कोष स्थापना गरेका छन् । त्यसका लागि कृषि विकास बैंकमा ०९१९००१६०७४३५०१६ नं को चल्ती खाता खोलिएको छ । सहयोग गर्नेहरुले बैंक खातामा रकम जम्मा गर्न सक्नुहुन्छ । उहाँले भन्नु भयो सहयोग तथा राहत वितरणको विवरण हरेक हप्तामा सार्वजनिक गर्ने व्यवस्था मिलाइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार