भागरथी हत्या प्रकरणः महेन्द्रनगरबाट एक शंकास्पद व्यक्ति पक्राउ

भागरथी हत्या प्रकरणः महेन्द्रनगरबाट एक शंकास्पद व्यक्ति पक्राउ

काठमाडौँ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको प्रकरणमा प्रहरीले महेन्द्रनगरबाट एक जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ । १ जनालाई अनुसन्धानका लागि बैतडी लगिएको छ।

सार्वजनिक पद धारण गरेका दोगडाकेदार गाउँपालिकाकै ती पुरुषलाई कञ्चनपुर प्रहरीले भीमदत्त नगरपालिकाको ऐठपुरबाट पक्राउ गरि बैतडी प्रहरीको जिम्मा लगाएको छ ।

स्रोतका अनुसार ती व्यक्ति र भागरथीबीच पूर्व चिनजान रहेको थियो। उनी भागरथीको हत्या भएको केहीदिनपछि बैतडीबाट विदामा महेन्द्रनगर आएका थिए।

शंकास्पद गतिविधिका कारण हत्या प्रकरणमा उनको संलग्नता रहेको स्रोतको दाबी छ। यद्यपी उनको संलग्नता पुष्टि तथ्य र बयानका आधारमा गरिने प्रहरी स्रोत बताउँछ। उनको शारीरको विभिन्न भागमा चिथोरिएको जस्तो चोट देखिएको छ । तर उनले रुखबाट लडेर घाउ भएको दाबी गरेका छन् । चिकित्सकले भने रुखबाट लडेको जस्तो नदेखिने बताएका छन् ।

स्रोतका अनुसार उनी २१ माघमा अपराधस्थल वरपरी देखिएका थिए । यसअघि कैलालीबाट समेत भागरथीको बलात्कारपछि हत्या प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको थियो।

भागरथी भट्ट गत माघ २१ गते विद्यालयबाट घर फर्किने बेला बेपत्ता भएकी थिइन्। उनको शव माघ २२ गते बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार