सुनको मूल्य तोलामा एक हजार रुपैयाँ घट्यो

सुनको मूल्य तोलामा एक हजार रुपैयाँ घट्यो

काठमाडौँ । नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्यमा गिरावट आएको छ। बिहीबार प्रतितोला ८९ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार रुपैयाँले ओरालो लागेर ८८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै तेजावी सुनको मुल्य आज ८७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ।  चाँदीको मूल्य पनि तोलामा ३० रुपैँया घटेको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार