मकवानपुरमा प्रहरी र स्थानीयबिच झडप, प्रहरीद्वारा दुई राउण्ड हवाई फायर

मकवानपुरमा प्रहरी र स्थानीयबिच झडप, प्रहरीद्वारा दुई राउण्ड हवाई फायर

काठमाडौं । मकवानपुरमा प्रहरी र स्थानीय बासिन्दाबिच झडप हुँदा अवस्था नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।

बरामद १८ क्विन्टल गाँजा जलाएर फर्किएको प्रहरी टोलीमाथि स्थानीय बासिन्दाले आक्रमण गरेपछि अवस्था नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको प्रहरी अधिकारीले बताएका छन् ।

इलाका प्रहरी कार्यालय नेवारपानीको टोलीमाथि राक्सिराङ गाउँपालिका–१ कुपिनटारमा आक्रमण भएको थियो । स्थिति नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले राक्सिराङ–१ का ४३ वर्षीय कान्छालाल रुम्बालाई नियन्त्रणमा लिएको छ । प्रहरीले राक्सिराङ गाउँपालिका–१ गाल्छाराङमा लुकाइएको १८ क्विन्टल गाँजा प्रहरीले शनिबार बरामद गरेको थियो ।

सो गाँजा नष्ट गरेर फर्किँदै गर्दा शनिबार बेलुका स्थानीय बासिन्दाले प्रहरीमाथि आक्रमण गरेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता वसन्त कुँवरले जानकारी दिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार