२५ लाख नगदसहित दुई भारतीय पक्राउ

२५ लाख नगदसहित दुई भारतीय पक्राउ

काठमाडौँ । बाराको कलैयाबाट स्रोत नखुलेको २५ लाख नगदसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण ग्राम पञ्चायत नरकटिया-७ का ३५ वर्षीय चन्द्रशेखर प्रसाद र ३८ वर्षीय सञ्जय कुमार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिआर-०५-के-०७९८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई बुधबार राति साढे ११ बवे कलैया उपमहानगरपालिका-८ बरेवा टोलबाट पक्राउ गरिएको हो।

चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट २५ लाख ३५ हजार रकम फेला परेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए।

‘सोधपुछका क्रममा उनीहरूले सो रकमको स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो,’ मिश्रले भने।

स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको प्रहरीले जनाएको छ। पक्राउ परेकालाई राजश्व कार्यालयमा बुझाउने तयारी भइरहेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार