प्युठान अस्पतालमा सुत्केरीको मृत्यु

प्युठान अस्पतालमा सुत्केरीको मृत्यु

बुटवल । प्युठान अस्पतालको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै परिवारका सदस्यले विरोध जनाएका छन् । शल्यक्रियाबाट सुत्केरी भएकी झिमरुक गाउँपालिका-७ तुषारा निवासी २४ वर्षीया अनिसा एम.सी. थापाको शनिबार राति मृत्यु भएको हो । शिशु (छोरा) को अवस्था भने सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।

अनिसाले गत बिहीबार पहिलो शल्यक्रिया गरेर बच्चा जन्माएकी थिइन् । शनिबार फेरि दोस्रो पटक शल्यक्रिया गरिएको थियो । अनिसाको स्वास्थ्य जटिल बन्दै गएपछि अस्पतालका चिकित्सकले शनिबार राति २ बजे बुटवल रिफर गरेका थिए । तर दाङको भालुबाङ पुग्दा उनको मृत्यु भएको मृतकका श्रीमान सुदन थापाले बताए ।

उपचार यहीँ हुन्छ भन्दै राखेर अन्तिम समयमा रिफर गर्नु अस्पतालको लापरवाही भएको थापाको भनाइ छ । अनिसाको शवलाई प्युठान जिल्ला अस्पतालमै राखिएको छ । अस्पतालमा आफन्तहरुको भिड जम्मा हुन थालेपछि प्रहरी परिचालन समेत गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार