कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार गराईरहेका चार जनाको रिपोर्ट नेगेटिभ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार गराईरहेका चार जनाको रिपोर्ट नेगेटिभ

चैत्र १९ काठमाडौ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कोरोना सङ्क्रमित भनी आशङ्का गरिएका चार जना बिरामीको नमुना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।   प्रतिष्ठानले ३ दिनअगाडि  उनीहरुको स्वाब सङ्कलन गरी जुम्लाबाट एम्बुलेन्समा नेपालगञ्ज हुँदै रिपोर्ट काठमाण्डौ पठाएको थियो ।

प्रतिष्ठानका निर्देशक डा. मङ्गल रावलका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा परीक्षण गरिएका स्वाबको रिपोर्ट नेगेटिभ देखिएको जानकारी दिनुभयो ।  रिपोर्ट नेगेटिभ आएपछि जुम्ला सुरक्षित छ भन्ने आशा जगाएको छ ।

भारतबाट आएका जिल्लाको तातोपानीका एक जना र उनका छोरालाई ज्वरो आएपछि आइसोलेसनमा राखिएको थियो । अहिले जुम्लाका स्थानीय सरकारले भारत र तेस्रो मुलुकबाट आएका ७२ जनालाई क्वरेण्टीनमा राखेको स्थानीय प्रशासनको तथ्याङ्कमा उल्लेख छ  ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार