संसद बैठक चैत ३ गतेसम्म स्थगित

संसद बैठक चैत ३ गतेसम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक गत असारयता निधन भएका सांसदहरुप्रति शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ । सभामुख अग्नि प्रसाद सापकोटाले आगामी चैत ३ गते दिउँसो १ बजेसम्मका लागि संसद बैठक स्थगित गरेका हुन् ।

बैठकले प्रतिनिधिसभा सदस्य सानु शिवा र सूर्यबहादुर केसी, पूर्वसदस्यहरु दीपकबहादुर गुरुङ, डा.राममान श्रेष्ठ र संविधानसभा सदस्य मानपुर चौधरीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

यसैगरी पूर्व सदस्यहरु वीरबहादुर लामा, ओमकार प्रसाद गौचन, इन्द्रहाङ लिम्बु, संविधानसभा सदस्य भीमप्रसाद गौतम, पूर्व सदस्य कमानसिंह लामा, गंगादत्त जोशी, एकनाथ रानाभाट, डा. शंकरप्रसाद उप्रेतीको निधनमा पनि संसद बैठकले शोक प्रस्ताव पारित गरेको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार