बाँफिकोट गाउँपालिका वडा नम्बर ३ द्धारा विपन्न परिवारलाई राहत वितरण

बाँफिकोट गाउँपालिका वडा नम्बर ३ द्धारा विपन्न परिवारलाई राहत वितरण

सगम केसी रुकुम, पश्चिम
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ ले विपन्न परिवारलाई राहत वितरण गरेको छ।

कोरोना भाइरसका कारण लकडाउ भएपछि दैनिक ज्याला मजदुर गर्न र आर्थिक रुपमा अति विपन्न ९३ जनाको परिवारलाई वडा कार्यालयको  आर्थिक सहयोगमा चामल र तेल वितरण गरेको हो।

आज वडाध्यक्ष चन्द्रबहादुर केसी  लगायत अन्य सदस्यहरु घर तथा विभिन्न टोल पुगेर २५ केजी एक बोरा चामल र  एक लिटर खानेतेल वितरण गरिएको हो । सामान ढुवानी बाँफिकोट ४ का शशीराम रिजालले निशुल्क रुपमा सहयोग गर्नभएको थियो ।

दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने, भारतका विभिन्न ठाउँमा मजदुरी गरेर परिवार पाल्ने विपन्न परिवारलाई राहतस्वरुप चामल र तेल प्रदान गरेको वडाध्यक्ष केसीले बताउनु भयो ।

चैते दशैको दिन पर्बमा खान नपाएर कसैको आत्म नदुखोस साथमा संघिय तथा प्रदेश र स्थानिय सरकारको अनुभति जन्तालाई गराउनको लागि पनि बिपन्न समुदायलाई वडाले सहयोग गरेको वडाध्यक्ष केसीले बताउनु भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार