सिंगटी हाइड्रो इनर्जी को आइपिओ बिक्री खुल्ला

सिंगटी हाइड्रो इनर्जी को आइपिओ बिक्री खुल्ला

काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको प्राथमिक सेयर (आइपिओ) शुक्रबारबाट खुल्ला भएको छ। कम्पनीले २६ लाख ९७ हजार कित्ता सेयर बिक्री गर्नका लागि आवेदन खुल्ला गरेको हो।

कम्पनीले कर्मचारी तथा सामूहिक लगानी कोषका लागि छुट्याएपछि सर्वसाधारणको लागि आवेदन खुल्ला गरेको हो।  आवेदकले १० कित्तादेखि २ लाख कित्तासम्मका लागि आवेदन दिन पाउने कम्पनीले जनाएको छ।

१०० रुपैयाँमा निष्काशन हुने सेयर २ लाख ६९ हजार ७ सय जनाले पाउने छन्। आवेदन चैत १० गतेसम्म दिन सकिनेछ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार