चट्याङ लागेर एक जनाको मृत्यु, आठ जना घाइते

Corona-Ad-Raptisonari

चट्याङ लागेर एक जनाको मृत्यु, आठ जना घाइते

संगम केसी रुकुम पश्चिम
पश्चिम रुकुममा बुधबार साँझ चट्याङ लागेर एक जनाको मृत्यु गएको छ । रोल्पा गंगादेव गाउपालिका कि १३ वर्षकी निर्मला खत्रीको मृत्यु भएएको हो ।

पश्चिम रुकुमको त्रिवेणाी गाउपालिका वडा नम्बर ४ मामा घरमा आएकी निर्मला खत्रीको ज्यान गएको वडा अध्यक्ष चन्द्रबहादुर खड्काले जानकारी दिए ।

गंगाराम खड्काको घरमा परेको चट्याङ ले निर्मलाको घटना स्थलमै निधन भएको हो ।

गंगरामका छिमेकी घरमा समेत चट्याङले क्षति गर्दा अन्य ८ जना घाइते भएका छन । वडा अध्यक्ष खड्का अनुसार घाइते मध्ये २० बर्षीया अनिता बि।क गम्भिर घाइते भएकि छिन ।

अन्य घाइतेहरुमा ११ बर्षीया तुलसा खड्का, १७ बर्षीया शुसिला खड्का, २२ बर्षीया पबित्रा खड्का ,५० बर्षीया धनमाया खड्का ,४ बर्षीया केशब खड्का र ६० बर्षीया सिता अ‍ोली र २८ बर्षीय कपिल खड्का रहेका छन ।

घाइतेहरुको अहिले स्वास्थ्य चौकी खुम्चेरीमा उपचार भैरहेको छ ।

Dunduwa Ad
Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार
Corona Ad Narainapur

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार