अज्ञात समूहले गोली प्रहार गर्दा महोत्तरीमा एकजना घाइते

अज्ञात समूहले गोली प्रहार गर्दा महोत्तरीमा एकजना घाइते

काठमाडौँ । महोत्तरीमा अज्ञात समूहले गोली प्रहार गर्दा एकजना घाइते भएका छन् ।

बुधबार बेलुका करिब साढे ७ बजे अज्ञात समूहले चलाएको गोली लागेर बर्दिबास
नगरपालिका वडा नम्बर १ का रोशन कोइराला घाइते भएको महोत्तरीका प्रहरी
उपरीक्षक दिनेश आचार्यले जानकारी दिएका छन् ।

औरही नगरपालिका वडा नम्बर ४ स्थित सेरामा गोली चल्दा कोइराला घाइते भएका
हुन् । घाइते भएका कोइरालाको बर्दिबासस्थित जनसेवा हस्पिटल उपचार भइरहेको
छ ।
गोली कसले र किन चलाएको भन्ने नखुलेको र अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक आचार्यले बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार