चौबीस घण्टामा ७३ को कोरोना परीक्षण चार दिनमा एउटा पनि फेला परेन

चौबीस घण्टामा ७३ को कोरोना परीक्षण चार दिनमा एउटा पनि फेला परेन

चैत १९ काठमाडौं

नेपालमा पछिल्लो समय नयाँ कोरोना भाइरस संक्रमित व्यक्ति भेटिएका छैनन । नियमित चार दिनसम्म पनि कोरोना भाइरसका नयाँ संक्रमित नदेखिएको हो ।
यसअघि १५ गते मात्र एकजनामा कोरोना भाइरसको पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो परीक्षणमा कुनै व्यक्तिलाई संक्रमण नदेखिएको जानकारी दिनुभयो ।
पछिल्लो २४ घण्टामा ७३ जनाको कोरोना भाइरस ( कोभिड – १९) परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो । डा. देवकोटाले हालसम्म एक हजार १३३ जनाको परीक्षण गरीसकेको जानकारी दिनुभयो । उहाँले देशभरका आइसोलेसनमा भने ९९ जना कोरोना आशंकित व्यक्ति रहेको बताउनुभयो ।

प्रवक्ता डा देवकोटाले सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित चौथो व्यक्तिको दोस्रो पटक परीक्षणका लागि स्वाव ल्याइसकेको जानकारी दिदै उहाँसंग सम्पर्कमा आएका १२ जनाको स्वाव संकलन गरिएको जानकारी दिनुभयो ।
र्यापिड टेष्ट कीटबारे विभिन्न सञ्चार माध्यामहरुमा प्रकाशित प्रसारित समाचार प्रकाशित भएकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मंगलबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनको क्रममा र्यापिड टेष्ट कीटबारे सार्वजनिक गरेको धारणालाई मन्त्रालयले खरिद गरेको र्यापिड टेष्ट कीटसँग जोडी विभिन्न सञ्चारमाध्याममा भ्रमपूर्ण समाचार आएपछि मन्त्रालयले त्यसको खण्डन गरेको छ ।

मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्कीले विज्ञप्ति जारी गर्दै सरकारले ल्याएको र्यापिड टेष्टकीटकोे गुणस्तर निक्र्यौल गरेपछि मात्रै प्रयोग हुने बताउनुभएको छ । उहाँले अनाधिकृत श्रोतबाट बजारमा वितरण तथा प्रयोग भइरहेको जन गुनासो आउने वित्तिकै यस्तो नगर्न आग्रह गरिएको प्रष्ट पार्नुभएको छ ।

सरकारले खरिद गरेको कीटको गुणस्तर जाँच्न नेपाल स्वास्थ्य अनुसन्धान परिषदलााई अनुरोध गरिसकिएको र परिषदले प्रयोग गर्न योग्य भनी सिफारिस गरेपछि र सम्वन्धित नियायबाट प्रमाणित भैसकेपछि मात्र प्रयोगको लागि वितरण हुने उहाँले बताउनुभयो । उ

हाँले सरकारले चीनबाट खरिद गरी ल्याएको र्यापिड टेष्ट कीट चीन सरकारले प्रमाणित गरेको कीट भन्दै उहाँले नेपालमा महामारी फैलिहाले एकैपटक हजारौ टेष्ट गर्नुपरेको अवस्थामा पिसिआर मेसिनले धान्न नसक्ने भएकोले र्यापिड टेष्टकीट प्रयोग गरी स्त्र्रनिङ्ग गर्ने गरिएको जानकारी दिनुभयो । उहाँले संकास्पदहरुको पिसिआर प्रविधिबाटै जाँच गरी निक्र्यौल गर्ने अन्तराष्टिय मान्यता अनुसार पूर्व तयारी गर्न खोजिएको बताउनुभयो ।

कार्कीले अहिले युरोप, अमेरिकाले पनि यहि विधि मार्फत नै परिक्षण गरिरहेको बताउनुभयो । बजारमा अबैध ढंगले र्यापिड कीट भित्र्याई जनमासलाई भ्रममा पारी परीक्षण गर्न सुरु भइसकेको गुनासो आएपछि सरकारले यसलाई नियन्त्रण गर्न अनुमति नदिई र्यापिड कीटको प्रयोग नगर्न निर्देशन दिएको बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार