भारतीय प्रधानमन्त्री मोदी भन्छन् – लकडाउन नै कोरोना नियन्त्रण गर्ने अन्तिम विकल्प

भारतीय प्रधानमन्त्री मोदी भन्छन् – लकडाउन नै कोरोना नियन्त्रण गर्ने अन्तिम विकल्प

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा बढिरहेको कोरोनो भाइरसको संक्रमणलाई रोक्न लकडाउनलाई अन्तिम विकल्पका रूपमा प्रयोग गर्ने बताएका छन् । आज एक सम्बोधन गर्दै उनले कोरोना नियन्त्रणका लागि राज्य सरकारलाई पनि लकडाउन अन्तिम विकल्पका रूपमा प्रयोग गर्न सुझाव दिए ।

पछिल्ला दिनहरूमा भारतमा दैनिक २ लाखभन्दा बढी मानिसमा कोरोना संक्रमण देखिएको छ । कोरोना कहर अत्यधिक बढेका कारण दिल्लीमा एक साताका लागि लकडाउन घोषणा गरिएको छ । लकडाउन भएपछि आप्रवासी मजदुर दिल्ली छाडिरहेका छन् ।

भारत अहिले अत्यधिक कोरोना संक्रमित भएका देशहरूको सूचीमा दोस्रो स्थानमा छ । भारतबासीलाई सम्बोधन गर्दै मोदीले भने, ‘आजको अवस्थामा हामीले देशलाई लकडाउनबाट बचाउनु पर्छ । म राज्यहरूलाई अन्तिम विकल्पको रूपमा मात्र लकडाउन प्रयोग गर्न अनुरोध गर्दछु ।’ एजेन्सी

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार