आजदेखि हेटौंडाबाट पनि कोभिड-१९ को नमूना परीक्षण

आजदेखि हेटौंडाबाट पनि कोभिड-१९ को नमूना परीक्षण

चैत्र २० हेटौंडा

आजदेखि बागमती प्रदेश राजधानी हेटौंडाबाटै कोभिड-१९ को नमूना परीक्षण गरिने भएको छ।

मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडामा रहेको  किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको ल्यावबाट आज बिहान १० बजेदेखि परीक्षण गरिने तयारी गरिएको जानकारी गराएका छन्।

प्रयोगशालाबाट प्रत्येक दिन ७५ वटा सम्म नमूनाहरु परीक्षण गर्न सकिने उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले आवश्यक सबै सामग्री र जनशक्ति हेटौंडा आइसकेको र उपकरणहरू जडान गर्ने काम सकिएको बताए।

यसअघि धरान र पोखराबाट कोरोना भाइरस संक्रमण परीक्षणको लागि प्रयोशाला स्थापना गरिसकिएको छ। धनगढी, जनकपुर, सुर्खेतमा पिन नमूनाको लागि चाहिने पीसीआर उपकरण पठाइसकिएको छ। रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार