रुकुम पश्चिममा आजदेखी निषेधाज्ञा, अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन प्रशासनको आग्रह

रुकुम पश्चिममा आजदेखी निषेधाज्ञा, अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन प्रशासनको आग्रह

मुसीकोट । रुकुम पश्चिममा आजबाट निषेधाज्ञा सुरु भएको छ । आज विहान ६ बजेदेखि वैशाख ३१ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरीएको हो । जिल्लाभर कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएपछि त्यसलाई कम गर्न जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।

आइतबार बिहान सम्म कुल १ सय ३६ जना सक्रिय संक्रमित रहेका छन् भने कोरोना संक्रमण कै कारण अहिलेसम्म २ जनाको ज्यान गैसकेको छ । कोरोनाका संक्रमितहरु थपिने क्रम बढेपछि त्यसको रोकथाम तथा नियन्त्रण गर्न १३ दिने निषेधाज्ञा जारी गरिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए ।

१३ दिनको यस अवधिमा अत्यावश्यकिय सेवा र राष्ट्रिय गौरवका आयोजना लगायत बिभिन्न सार्वजनिक निर्माणका कार्यहरु बाहेक अन्य सेवा ठप्प रहने बताईएको छ । यसबाहेक एम्बुलेन्स तथा अत्यावश्यक सवारी साधनहरु भने स्थानिय प्रशासनको अनुमतिले स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गरेर संञ्चालन हुन पाउने छन् ।

यस्तै जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन जिल्लावासीलाई आग्रह गरेको छ । निषेधाज्ञा उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने उपर प्रचलित कानुन बमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार