रुकुम पश्चिमको चौरजहारीमा अस्थायी कोरोना अस्पताल

रुकुम पश्चिमको चौरजहारीमा अस्थायी कोरोना अस्पताल

चैत्र २० रुकुम पश्चिम
रुकुम पश्चिमको चौरजहारीमा कोरोना भाइरस संक्रमित भएका बिरामीको उपचारका लागि अस्थायी अस्पताल निर्माण गरिएको छ ।

चौरजहारी नगरपालिका र चौरजहारी अस्पतालको प्रत्यक्ष निगरानीमा सञ्चालन हुने गरी चौरजहारी नगरपालिका–२, स्थित शीतल माध्यमिक विद्यालयमा  कोरोना अस्थायी अस्पताल सञ्चालनमा ल्याएको हो ।

शीतल मावि चौरजहारीको भवनमा सञ्चालनमा आएको क्वारेन्टाइन । फोटो गोपाल रेग्मी

उक्त अस्थायी अस्पतालमा दैनिक १५ देखि २० जना बिरामीहरुको उपचार गराउन सकिन्छ भने जटिल अवस्था भएका बिरामीहरुका लागि भने चौरजहारी अस्पतालले ४ बेडको आइसोलेसन वार्ड  तयार गरेको अस्पतालका प्रशासकिय अधिकृत  डिलबहादुर गिरीले उजेली न्यूज डटकम सँग टेलिफोनमा बताउनु भयो ।

उहाँका अनुसार आइसोलेसनका लागि आवश्यक उपकरण केहि भएको र केहि जुटाउने काम भैरहेको बताउनु भयो । आइसोलेसनमा उपचार गर्ने बिरामीहरुका लागि छुटै चिकित्सकसहित केहि स्वास्थ्यकर्मीहरु परिचालन गरिने भएपनि केहि कमी भएकाले नगरपालिका सँग चिकित्सक माग गरिएको उहाँले बताउनु भयो ।

 

चौरजहारी नगरपालिका र चौरजहारी अस्पतालले कोरोना भाइरस बाट बच्नको लागि आफनो नगर क्षेत्रमा विभिन्न जनचेतना मुलक कार्यक्रम तथा प्रचार गरिएको छ ।       गाउँ -गाउँमा प्रचा-पप्पलेट बाडनुका साथै माइकिङ गरिएको छ ।

प्रशासकिय अधिकृत गिरिले भन्नुभयो हामीले यस क्षेत्रका बासिन्दाहरुलाई सामान्य रुघाँ खोकी र ज्वरो आए घरमै बसेर आराम गर्नुहोस भनेका छौ तर मान्नुहुदैन अहिले चौरजहारी अस्पतालमा दैनिक करिब ९० जना बिरामीहरु उपचारको लागि आउने गरेका छन । उहाँका अनुसार अहिले सबै ठाउँमा बाट सुत्केरी गराउन दैनिक करिब २५ जना आउने गरेका छन ।

यस्तै यस अघि  शीतल माविकै भवनमा चौरजहारी नगरपालिकाले बनाएको २० बेडको क्वारेन्टाइन १९ जना भारत बाट आएकालाई राखिएकोमा उक्त क्वारेन्टाइनमा १४ दिन पुगेपछि ५ जनालाई घर पठाइएको छ भने १४ जना बसिरहेका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार