रेम्डिसिभिर औषधि चाहियो ? यी नम्बरमा फोन गर्नुहोस

रेम्डिसिभिर औषधि चाहियो ? यी नम्बरमा फोन गर्नुहोस

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने रेम्डेसिभिर औषधि तोकिएको व्यक्तिसंँग लिन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सम्बन्धित अस्पताल र चिकित्सकको प्रेस्क्रिप्सनसहित औषधि लिन जाने व्यक्तिको परिचय पत्र खुल्ने गरी रेम्डेसिभिरको आधिकारिक आयातकर्ता आयन हेल्थकेयरमा सम्पर्क राख्न सकिने बताएका छन्।

मन्त्रालयका सूचनामा कुपण्डोलस्थित युनएनपार्कमा रहेको हेल्थकेयरका डा. अबुल अन्सारीको ९८००५५५९१०, सुवासको ९८१०१९४४१६, विमलको ९८४१५०६३७० र कमलको ९८५११२४६३९ मा सम्पर्क गर्न सकिने भनिएको छ। हेल्थकेयरबाट प्रतिरेम्डेसिभिर रु चार हजार ९०० मा पाइने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले जारी गरेको सूचना

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार