युभेन्टसको शीर्ष चार सम्भावना जीवित

युभेन्टसको शीर्ष चार सम्भावना जीवित

युभेन्टसले आउँदो सिजन च्याम्पियन्स लिगका लागि छनौट हुने सम्भावना जीवित राखेको छ ।

इटालियन सिरी ए फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा सासुओलोमाथि ३–१ को जित दर्ता गर्दै युभेन्टसले शीर्ष चारमा अटाउने सम्भावना कायम राखेको हो ।

अवे मैदानमा भएको खेलमा युभेन्टसका लागि राबिओट (२८ औँ मिनेट), क्रिष्टियानो रोनाल्डो (४५ औँ मिनेट) र पाउलो डिबाला (६६ औँ मिनेट) ले गोल गरे ।

घरेलु टोली सासुओलोका लागि ५९ औँ मिनेटमा रास्पाडोरीले एक गोल फर्काए । पहिलो हाफमा सासुओलोका डोमेनिको बेरार्डीले प्रहार गरेको पेनाल्टी बल युभेन्टसका गोल रक्षक जियानलुइजी बुफोनले रोकेका थिए ।

जितपछि पाँचौँ स्थानको युभेन्टसको ३६ खेलबाट ७२ अंक भएको छ । चौथो स्थानको नापोलीको ३६ खेलबाट ७३ अंक छ ।

बुधबार राति नै भएको खेलमा बेनेवेन्तोलाई २–० ले पराजित गरेको एट्लान्टा ७५ अंकसहित दोस्रो तथा तोरिनोलाई ७–० ले पराजित गरेको एसी मिलान समान ७५ अंकसहित तेस्रो स्थानमा छ ।

बुधबार राति भएको अर्को खेलमा उपाधि पक्का गरेको इन्टर मिलानले रोमालाई ३–१ तथा जेनोआले बोलोग्नालाई २–०, लाजिओले पार्मालाई १–० ले पराजित गर्दा साम्पडोरिया र स्पेजियाले २–२ तथा फियोरेन्टिना र काग्लिएरीले गोलरहित बराबरी खेलेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार