जुम्लाबाट सुर्खेत आउँदै गरेको जिप दैलेखमा दुर्घटना, २ जनाको मृत्यु

जुम्लाबाट सुर्खेत आउँदै गरेको जिप दैलेखमा दुर्घटना, २ जनाको मृत्यु

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत दुल्लु नगरपालिका–३ स्यालामा जिप दुर्गटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मंगलबार बिहान ६ बजे जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको बा २० च ७१५ नम्बरको जिप सडकभन्दा झन्डै पाँच सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनमा गुठिचौर गाउँपालिका ४ का ३८ वर्षीय जिप चालक रामहरि न्यौपाने र सोही ठाउँकी २७ वर्षीया राज्यलक्ष्मी न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक इन्द्रजित सुनारले बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार