रुकुमको चौरजहारीमा दश दिन भित्र अक्सिजन प्लान्ट जडान हुने

रुकुमको चौरजहारीमा दश दिन भित्र अक्सिजन प्लान्ट जडान हुने

चौरजहारी । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले दश दिन भित्र अक्सिजन प्लान्ट जडान गरिसक्ने जनाएको छ । कोरोना भाइरसको नयाँ भेरियन्टको कारण संक्रमितहरुको संख्या बढीरहेको र उनीहरुको सफल उपचारको लागि अक्सिजन प्लान्ट जरुरी रहेकोले जडानको योजना सुरुवात गरिएको नगरपालिकाले जनाएको छ ।

मंगलबार पत्रकार महासंघ रुकुमले आयोजना गरेको कोरोना भाइरस संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारमा रुकुम पश्चिमका स्थानीय तहहरुले खेलेको भुमिका र चुनौती बिषयक अन्तरक्रिया कार्यक्रममा चौरजहारी नगरपालिका प्रमुख बिशाल शर्माले पालिकाले गरेका केहि गतिबिधिहरुको जानकारी गराउँनुहुदै नगरपालिकाले ३ ठाउँमा १५/१५ बेडका आइसोलेसन बनाएको बताउँनुभयो ।

चौरजहारीका खोलागाउँ, कोटजहारी र सेवा केन्द्रमा आइसोलेसन सञ्चालन गरिएको र सबै आइसोलेसनमा अक्सिजन सिलिन्डर, कन्सन्टेटरको व्यवस्था गरिएको प्रमुख शर्माले उल्लेख गर्नुभयो ।

कोरोना भाइरसको संक्रमण सुरु हुँदा चौरजहारी नगरपालिकाले गत बर्ष कोरोना परिक्षण प्रयोगशाला समेत सञ्चालनमा ल्याएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार