संभावित संक्रमणलाई मध्यनजर गर्दै मुसिकोट नगरपालिका द्धारा १९ हजार साबुन, २३ हजार मास्क वितरण

संभावित संक्रमणलाई मध्यनजर गर्दै मुसिकोट नगरपालिका द्धारा १९ हजार साबुन, २३ हजार मास्क वितरण

चैत्र २१ रुकुम पश्चिम

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले कोरोना भाइरस (कोभिड १९)  को रोकथाम तथा प्रतिकार्य योजना निर्माण गरी सचेतना अभियान सुरु गरेका छन् ।

नगरपालिकाले आफनो नगरका १४ वटै वडालाई लक्षित गरेर जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायत विभिन्न सरोकारवाला नियकाहरुलाई  कोरोना भाइरसको संभावित संक्रमणलाई मध्यनजर गर्दै विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

प्रत्येक वडामा रहेका स्वास्थ्यचौकी मार्फत घरदैलो, टोलभेला, विद्यालय शिक्षालगायतलाई तीव्रता दिइएको छ । कोरना संक्रमणविरुद्ध स्थानीयलाई सचेत बनाउन सबै वडामा सचेतनामूलक सामग्री सहित स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

जस अन्तरगत नगरपालिकाले चैत्र ११ गते देखि १९ गतेसम्म डाटाको अनुसार नगरका १४ वटा वडाहरुमा १९ हजार ८ सय ४ साबुन र २३ हजार ७ सय ९४ वटा कपडाको मास्क वितरण गरिएको नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरविर खड्काले बताउनु भयो ।  उहाँका अनुसार उक्त सामाग्रीहरु सम्बन्धीत वडा कार्यालयबाट बितरण गरिएको हो ।

यस्तै नगरपालिकाले सञ्चालन गरेका ११ वटा स्वास्थ्य उपचार केन्द्रहरुबाट ६ सय ६९ महिला र ५ सय ४९ पुरुष गरि १२ सय १८ जनाको स्वास्थ्य चेकजाँच गरिएको छ । जाँच गरिएका मध्ये सबै व्यक्तिहरुको स्वास्थ्य अवस्था सामान्य रहेका बताएको छ ।

नगरपालिकाले आफनो नगपालिका क्षेत्र भित्रका  २ सय ९६ व्यक्तिहरु भारत लगायत तेस्रो मुलुकबाट आएका उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ । यस्तै अहिले सम्म रुकुम पश्चिममा कोरोना भाइरस संक्रमणको आशंकामा स्वाव परीक्षण गरिएका भारतबाट आएका दुई जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार