नेपाल लाइफको झण्डा सगरमाथाको शिखरमा

नेपाल लाइफको झण्डा सगरमाथाको शिखरमा

काठमाडौँ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-१० सेजेका एक युवाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । सोमबार नेपाल लाइफ इन्स्योरेन्सको प्रतिनिधित्व गर्दै विजनेस कोअर्डिनेटर युवराज घितालले विश्वको सर्वोच्च शिखर सगरमाथामा नेपाल लाइफको झण्डा फहराउन सफल भएका हुन ।

सर्वोच्च शिखर सगरमाथामा नेपाल लाइफ इन्स्योरेन्सको झण्डा फहराउने घिताल पहिलो व्यक्ति हुन । उनलाई नेपाल लाइफ इन्स्योरेन्सले सामाजिक सञ्चाल मार्फत नेपाल लाइफको झण्डा फहराउन सफल  भएकोमा बधाई तथा कृतज्ञता व्यक्त गरेको छ ।

घिताल सरकारी कर्मचारी पनि हुन । उनी नापी विभागमा सर्वेक्षक पदमा कार्यरत छन । यसअघि उनी सहितको ओरोही टोली मौसम प्रतिकुल भएका कारण चुचुरोमा नपुगि ८ हजार मिटरको उचाईबाट वेस क्याम्पमा फर्किनुपरेको थियो । मौसम अनुकुल भएपछि घिताल सहितको टोली सोमबार बिहान ७.४५ बजेतिर सगरमाथाको चुचुरोमा पुगेको बताईएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार