वातावरण दिवसको अवसरमा कमलदह वरिपरि वृक्षारोपन

वातावरण दिवसको अवसरमा कमलदह वरिपरि वृक्षारोपन

रुकुमकोट । डिभिजन वन कार्यालय रुकुम पूर्वले कमलदह वरिपरि वृक्षारोपन गरेको छ । विश्व वातावरण दिवसको अवसरमा आज डिभिजन वन कार्यालयले सिस्ने गाउँपालिका वडा नम्बर ५ स्थित कमलदहको वरिपरि वृक्षारोपन गरेको हो । कमलदह संरक्षण समितिको सहकार्यमा वृक्षारोपन कार्यक्रम गरिएको बताइएको छ ।

दिवसको अवसर पारी गुल्मर र सिसौका ६० वटा विरुवाहरु रोपिएको जिल्ला डिभिजन वन अधिकृत जीवन पंगेनीले जानकारी दिनुभयो । उहाँका अनुसार वृक्षारोपन कार्यक्रमका लागि कार्यालयबाट ३० हजार रुपैँया बजेट बिनियोजन गरिएको थियो । कमलदहको सौन्दर्यता र शोभा बढाउन गत वर्ष जिल्लामै उत्पादन गरिएका विरुवाहरु रोपिएको डिभिजन वन अधिकृत पंगेनीले बताउनुभएको छ । वृक्षको महत्व मानव जीवनका लागि अपरम्पार रहेको र वृक्षारोपणले मानिसका केही आवश्यकता पूर्तिसँगै वातावरण सन्तुलन कायम गर्ने भएकाले यो कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

यसैविच कार्यालयले कमलदह संरक्षण समितिललाई १६ वटा डस्विन पनि उपलब्ध गराएको छ । दह वरिपरिको फोहोरलाई व्यवस्थापन गर्न सहजताका लागि डस्विन प्रदान गरिएको डिभिजन वन कार्यालय रुकुम पूर्वले जनाएको छ । कार्यालयले वृक्षारोपन गर्नुका साथै डस्विन उपलब्ध गराएपछि दह संरक्षण समितिका अध्यक्ष बामदेव गौतमले प्रशंसनिय कार्य भएको बताउनुभयो । यसले दह संरक्षणमा ठुलो सहयोग पूग्ने उहाँको भनाई छ । मुख्य पर्यटकिय स्थल संरक्षणका लागि सबै निकायहरुको सहयोग आवश्यक पर्ने उहाँले बताउनुभयो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार