रेडक्रसद्धारा आठविसकोट र सानीभेरीलाई स्वास्थ्य सामाग्री प्रदान

रेडक्रसद्धारा आठविसकोट र सानीभेरीलाई स्वास्थ्य सामाग्री प्रदान

मुसिकोट । कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारको लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुम पश्चिमले जिल्लाको आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकालाई स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गरेको छ ।

शनिबार रेडक्रसले आठबिसकोट नगरपालिकामा सुरक्षार्थ स्वास्थ्य सामाग्रीहरु सर्जिकल मास्क ६ सय पिस, थर्मल गन १ वटा, फेसिल २५ वटा, पल्स अक्सिमिटर ३ वटा, पीपीई एप्रोन सेट ४ सेट, हातधुने सावुन ५० वटा, सोडियम हाईपो क्लोराइड १५ लिटर, सोडियम हाईपो क्लोराइड पम्प २ वटा, डसबिन २ वटा, कोभिड १९ फ्लेक्स २ वटा र सेनिटाइजर ३५ वटा नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत ध्रुवप्रसाद लम्साललार्ई हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुमका मन्त्री टेक बहादुर खड्काले जानकारी दिनुभयो

यसैवीच आजै सानीभेरी गाउँपालिकालाई पनि उक्त स्वास्थ्य सुरक्षाका सामाग्री हस्तान्तरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिमका मन्त्री टेकबहादुर खड्का लगाएको टोलिले सानीभेरी गाउँपालिका कार्यालयमा पुगेर गाउँपालिका अध्यक्ष नरबहादुर पुनलाई सामाग्री हस्तान्तरण गर्नुभएको छ ।

गाउँपालिका लाई हस्तान्तरण गरिएको स्वास्थ्य सामाग्रीमा सर्जिकल मास्क ६ सय पिस¸ थर्मल गन १ वटा¸ फेसिल २५ वटा¸ पल्स अक्सिमिटर ३ वटा¸ पीपीई एप्रोन सेट ४ वटा¸ हातधुने साबुन ५० पिस¸ सोडियम हाईपो क्लोराइड १५ लिटर¸ सोडियम हाईपो क्लोराइड पम्प २ वटा¸ डसबिन २ वटा¸ सेनिटाइजर ३५ वटा र कोभिड-१९ फ्लेक्स २ वटा रहेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार