भारतमा कोभिड महामारीपछि स्टील तथा सिमेन्ट उद्योगमा सुधार

भारतमा कोभिड महामारीपछि स्टील तथा सिमेन्ट उद्योगमा सुधार

नयाँ दिल्ली । भारतमा गत बर्ष कोभिड १९ माहामारीले प्रभाव परेका स्टील तथा सिमेन्ट व्यवसायहरुको पुनरुत्थान भइरहेको छ । भारतमा स्टील तथा सिमेन्ट व्यवसाय लयमा फर्किरहेको बेला चालु आर्थिक बर्षको अन्तिम चार महिनामा स्टील कम्पनीहरु थप नाफामा जाने आंकलन गरिएको छ ।

स्टील तथा सिमेन्ट उद्योग क्षेत्रको आर्थिक वृद्धिदरबारे केयर सुचांकले रिपोर्ट सार्वजनिक गरेको हो । चालु आर्थिक बर्षको पहिलो चार महिनामा भारी गिरावट आएको स्टील व्यबसाय दोस्रो चार महिनामा भने सुधार भएको बताईएको छ ।

स्टील तथा सिमेन्ट उद्योगको आगामी आर्थिक बर्षमा थप १३ प्रतिशतले यो दशककै सबैभन्दा धेरै आर्थिक वृद्धि हुने पनि प्रक्षेपण गरिएको टेलिग्राफ ईन्डीयाले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार