आठविसकोटमा कोरोना संक्रमितको संख्या २८४ पुग्यो

आठविसकोटमा कोरोना संक्रमितको संख्या २८४ पुग्यो

आठबिसकोट । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा कोरोना भाइरसको दोस्रो भेरियन्ट सुरु भएपछि अहिलेसम्म संक्रमीत हुनेको संख्या २ सय ८४ पुगेको छ । नगरपालिकाको स्वास्थ्य तथा सामाजिक बिकास शाखाका अनुसार ६ सय ७८ जनाको एन्टिजेन र ८८ जनाको पिसिआर परिक्षण गर्दा कुल संक्रमितको संख्या २ सय ८४ पुगेको हो ।

अहिले सम्म ३ सय ८४ पुरुष र ३ सय ९३ जना महिलाको नमुना परिक्षण गर्दा १ सय ४३ जना पुरुष र १ सय ४१ जना महिला संक्रमित भएको स्वास्थ्य तथा सामाजिक बिकास शाखा प्रमुख मनिराज शाहले जानकारी दिनुभएको ।

यस्तै आठविसकोट नगरपालिकामा सोमबार ५० जनाको एन्टिजेन परिक्षण गर्दा २१ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमध्य ९ जना पुरुष र १२ जना महिला रहेको सयोजक शाहले बताउनुभयो । हाल सम्म होमआसुलेसनमा भएका पुरुष १ सय १६ र महिला १ सय २२ जना महिला रहेका छन ।

यस्तै आइसुलेसन बाट निको भएर घर फर्किने पुरुष १४ जना महिला ५ जना रहेका छन भने होम आइसुलेसन बाट निको हुनेमा ९० पुरुष र ७६ जना महिला रहेका छन ।

अहिले नगरपालिका सक्रीय संक्रमितको सख्य १ सय ७ जना रहेका छन । १० जना नगर अस्पतालको आइसुलेसन रहेका छन भने ९७ जना होमआइसुलेसनमा रहेका छन । अस्पतालबाट थप उपचारको लागि १० जना पुरुष र ६ जना महिलालाई नेपालगन्ज, सुर्खेत अस्पतालमा रिफर गरेको अस्पतालले जानकारी दिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार