जेठ मसान्तसम्म नतिजा प्रकाशन गर्ने बाँफिकोट गाउँपालिका द्धारा विद्यालयलाई पत्राचार

जेठ मसान्तसम्म नतिजा प्रकाशन गर्ने बाँफिकोट गाउँपालिका द्धारा विद्यालयलाई पत्राचार

मुसिकोट । उपयुक्त मूल्यांकन प्रक्रियाबाट विद्यार्थीको मूल्यांकन गरी जेठ मसान्त सम्ममा नतिजा प्रकाशन गर्ने रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले सबै विद्यालयलाई निर्देशन दिएको छ । शिक्षा नियमावलीमा संशोधन गरी सरकारले यस अघि नै असारदेखि नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने निर्णय गरेका आधारमा गाउँपालिकाले सबै विद्यालयलाई निर्धारित समयमै नतिजा प्रकाशन गर्ने निर्देशन दिएको हो ।

कोरोना महामारीका कारण बार्षिक परिक्षा नभएपछि अन्तिम नतिजा आन्तरिक मुल्यांकनका आधारमा प्रकाशित गर्न लागिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञान बहादुर खड्काले जानकारी दिनुभयो ।

बाँफिकोट गाउँपालिकाको १० वडामा ३५ आधारभुत र ९ वटा माध्यमिक विद्यालय रहेका छन । अहिले सम्म गाउँपालिका भरका विद्यालयमा ६ हजार ४ सय बिद्यार्थीहरु अध्यनरत रहेका छन । कोरोना महामारीकै कारण बार्षिक परिक्षा गर्न नसकिने भएपछि बाफिकोट गाउँ शिक्षा समितिको बैठकले सम्बन्धित वडाका शिक्षा समितिका सदस्यहरुलार्इ सम्बन्धित बिधालयहरु लाई पत्राचार गरि नतिजा प्रकाशितमा पहिलो तराईमासिक र दोस्रो अर्धबार्षिक परिक्षाको मुल्यांकनको आधारमा नतिजा तयारी गर्न बिधालयहरुलाइ निर्देशन गरिएको गाउँपालिका अध्यक्ष धर्म बहादुर केसीले जानकारी दिनु भयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार