आशाद्धारा किसानहरुलाई आयआर्जका सामाग्री वितरण

आशाद्धारा किसानहरुलाई आयआर्जका सामाग्री वितरण

मुसिकोट । सानीभेरी गाउँपालिकाका किसानहरुलाई आयआर्जनको लागि बिभिन्न सामाग्रीहरु वितरण गरिएको छ । गाउँपालिकाको वडा नम्वर ३ का किसानलाई आयआर्जनमा सहयोग पु¥याउने उद्धेश्यका साथ बिभिन्न सामाग्रीहरु वितरण गरिएको बताईएको छ ।

बुधबार सानीभेरी गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष बिर्खबहादुर बिष्ट र गाउँकार्यपालिका सदस्य बिरसिं बि.क.ले किसानहरुलाई उक्त सामाग्रीहरु हस्तान्तरण गर्नुभएको हो । आय आर्जनका लागि भकारो सुधार तथा टमाटर खेती कार्यक्रम अन्तर्गत किसानहरुलाई ८७ थान सिलपोलिन प्लाष्टिक टनेल, हजारी, कैचि, बीउ र थोपा सिचाई वितरण गरिएको हो ।

पहाडी साना किसानका लागि अनुकुलन आयोजना (आशा) जिल्ला समन्वय इकाई रुकुमद्धारा ८७ जना किसानलाई सामाग्रीहरु प्रदान गरिएको परियोजनाका सहजकर्ता अर्जुन प्रकाश बि.क.ले बताउनुभयो । जलवायु परिवर्तनबाट संकटासन्न उच्च जोखिममा रहेका किसानहरु छनौट गरेर सामाग्रीहरु वितरण गरिएको उहाँले बताउनुभयो ।

यस सँगै परियोजना अन्तर्गत सोहि वडामा भौतिक पूर्वाधार तर्फ ३ ओटा पोखरी र २ ओटा सिचाई कुलो समेत निर्माण सम्पन्न गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार