त्रिवेणीमा नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन

त्रिवेणीमा नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन

मुसिकोट । रुकमु पश्चिमको त्रिवेणी गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्रको औपचारिक रुपमा उद्घाटन भएको छ । विगत एक महिनादेखि सेवा सञ्चालन गरिएको आरोग्य सेवा केन्द्रको बुधबार उद्घाटन गरिएको हो ।

त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष निर्मला बिष्टले एक कार्यक्रमका बिच केन्द्रको उद्घाटन गर्नुभएको हो । स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमद्धारा सञ्चालित उक्त सेवा केन्द्रले ग्रामिण स्तरमा आयुर्वेदिक उपचारमा केन्द्रित रहने बताईएको छ ।

विगत एक महिना सेवा अवधिमा उक्त सेवा केन्द्रबाट १ सय ७० जनाले सेवा लिएको आरोग्य सेवा केन्द्रका बैद्य ठानबहादुर के.सी.ले बताउनुभयो । उहाँले सेवा केन्द्रबाट ६० जना भन्दा बढी कोरोना संक्रमित बिरामीहरुलाई बिभिन्न रोग प्रतिरोधि ओखतीहरु उपलब्ध गराएर सेवा गरिएको समेत जनाउनुभयो । आरोग्य सेवा केन्द्रमा बिशेष गरी ग्याष्टिक, नशा, बाथ सम्बन्धिका बिरामीहरु आउने गरेको उहाँले जनाउनुभयो ।

उद्घाटन कार्यक्रममा गाउँपालिकाका निमित्त प्रशासकीय प्रमुख रमेश पुन, स्वास्थ्य शाखाका संयोजक बिरबहादुर डाँगी, गाउँघर क्लिनिकमा कार्यरत स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार