सल्यान खण्डमा समस्या हुँदा रुकुमको बिद्युत अनियमित

सल्यान खण्डमा समस्या हुँदा रुकुमको बिद्युत अनियमित

मुसिकोट । केहि दिनदेखि रुकुम पश्चिमको बिद्युत सेवा अनियमित भएको छ । तुल्सिपुर – सल्यान खण्डको ३३ केभि लाईनमा समस्या आएकोले बिद्युत सप्लाई हुन नसकेको नेपाल बिद्युत प्राधिकरण रुकुम पश्चिम बितरण केन्द्रले जनाएको छ ।

वितरण केन्द्रका प्रमुख त्रिलोचन भट्टराईले सल्यान सितलपाटिको सब स्टेशनमा समस्या भएपछि बिद्युत सप्लाई हुन नसकेको बताउनुभयो । यहाँले सितलपाटिबाट बिद्युत आउन नसकेकोले जाजरकोटको कुदु स्थित सव स्टेशनबाट रुकुम आउने लाईन जोडेर अधिकांस स्थानमा सप्लाई सुचारु गरिएको बताउनुभयो । सितलपाटिका लाईन सञ्चालनको लागि कर्मचारीहरु फिल्डमा निरन्तर काम गरिरहेको उहाँले जनाउनुभयो ।

बिद्युत अनियमित हुँदा यहाँका सर्वसाधारण तथा सरकारी कार्यालयलाई काममा समस्या भैरहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार