प्रहरीको भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

प्रहरीको भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

लमही । प्रहरीको भ्यानले ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ। काठमाडौंबाट जिल्ला प्रहरी कार्यालय बाँके ल्याउँदै गरिएको लु अ च ५३३४ नम्बरको प्रहरीको भ्यानले बिहीबार राति करिब १२ बजे भे १ प ८४२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

मोटरसाइकल चालकको पहिचान खुलेको छैन। इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक भुवन भट्टले मृतकको पहिचान खुल्न बाँकी रहेको बताए। उनले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन ।

मोटरसाइकललाई ठक्कर दिने प्रहरी भ्यान प्रहरीले नियन्त्रणमा राखेको छ। प्रहरीको गाडीसँग ठोक्किएर मोटरसाइकल सडक छेउको विजुलीको पोलमा पनि ठक्कर खाएको थियो।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार