असार १ गते भित्र नतिजा प्रकाशन सक्न विद्यालयहरुलाई त्रिवेणी गाउँपालिकाको निर्देशन

असार १ गते भित्र नतिजा प्रकाशन सक्न विद्यालयहरुलाई त्रिवेणी गाउँपालिकाको निर्देशन

मुसिकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले असार १ गते भित्र सबै सामुदायिक तथा संस्थागत विद्यालयको आन्तरिक मूल्याँकन गरि नतिजा प्रकाशन गर्न निर्देशन गरेको छ । गाउँपालिकाका अध्यक्ष झक्कु प्रसाद घर्ती मगरको अध्यक्षतामा बसेको बैठकले उपयुक्त मूल्यांकन प्रक्रियाबाट विद्यार्थीको मूल्यांकन गरी असार १ गते भित्रै नतिजा प्रकाशन गर्ने गाउँपालिकाले सबै विद्यालयलाई निर्देशन दिएको हो ।

विद्यार्थीहरुको अर्धवार्षिक परीक्षा , गृहकार्य , कक्षाकार्य , आचारण , अतिरिक्त क्रियाकलापमा सहभागिता निरन्तर मुल्याङ्कण लगायत पाठ्यक्रमको मापदण्ड भित्र रहेर मुल्यांकण गरि नतिजा प्रकाशन गर्ने निर्देशन गरेको हो ।

यस्तै विद्यालयहरुले कक्षा ८ को नतिजा शिक्षा युवा तथा खेलकुद शाखामा सफ्ट कपि र हार्ड कपि उपलब्ध गराउनुपर्ने गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख अधिकृत ओविराम रोकाले जानकारी दिनुभयो ।

शिक्षा नियमावलीमा संशोधन गरी सरकारले यस अघि नै असारदेखि नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने निर्णय गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार