करेन्ट लागेर घाइते भएका बालकको उपचारको लागि आर्थिक अभाव

करेन्ट लागेर घाइते भएका बालकको उपचारको लागि आर्थिक अभाव

मुसिकोट । रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्वर ११ का निर्माण पुरी करेन्ट लागेर घाइते भए । वडा नम्बर ११ धुर्सेनीका भरत पुरिका ८ वर्षीय छोरा निर्माण गत जेठ २२ गते बेलुकी पाँच बजे करेन्ट लागेर घाईते भएका हुन् । निर्माणकोे उपचारको लागि अहिले आर्थिक समस्या भएको परिवारजनले बताएका छन् ।

गाउँको निन्याउरी खोलामा बाख्रा चराउन गएका बालक निर्माणलाई करेन्ट लागेर गम्भिर घाइते भएका थिए । करेन्ट लागेको थाहा पाएपछि आफन्तले उनलाई तत्काल उपचारका लागि आठविसकोट नगर अस्पतालमा लिएका थिए । त्यहाँ उपचार सम्भव नहुने भएपछि अस्पताल पु¥याएको केही घण्टामै रिफर गरेको थियो ।

आठविसकोट नगरअस्पतालबाट रिफर गरिएपछि बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालमा लगिएका निर्माणलाई त्यहाँपनि उपचार सम्भव नभएपछि काठमाडौ लगिएको थियो । अहिले काठमान्डौँस्थित पुष्पलाल मेडिकल कलेजमा निर्माणको उपचार भैरहेको छ ।

निर्माणको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । उपचारका लागि दैनिक रुपमा धेरै खर्च हुने गरेको निर्माणका ठुलाबुवा धर्मराज पुरीले बताउनुभयो । अहिले औषधीमा मात्रै दैनिक ३०/३५ हजारसम्म खर्च हुने गरेको उहाँको भनाई छ । दैनिक रुपमा यत्रो पैसा जुटाउन मुस्किल भएको धर्मराजले सुनाउनुभयो । उहाँले भन्नुभयो “आर्थीक अवस्था कमजोर छ, निर्माणको बुवा कमाउन भारतमा गएका छन उसको आमा र म अस्पतालमा कुरुवा छौँ । ”

दैनिक रुपमा खाना नास्ता र बेड चार्जको खर्च एकातिर छ । हरेक दिन महंगो औषधी दिनुपर्छ खर्च जुटाउनै कठिन भएको छ, धर्मराजले दुखेसो गर्नुभयो । निर्माणको ज्यान बचाउन मुस्किल भएकाले आफन्तले सहयोगको अपेक्षासमेत गरेका छन ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार