आठबिसकोटमा स्वास्थ्य सुरक्षा सामाग्री वितरण

आठबिसकोटमा स्वास्थ्य सुरक्षा सामाग्री वितरण

आठबिसकोट ।  रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा क्षेत्रमा रहेर क्रियाशिल पत्रकारहरुलाई नेपाल पत्रकार महासंघ रुकुम शाखाले स्वास्थ्य सुरक्षाका सामाग्रीहरु वितरण गरेको छ ।

नेपाल ख्रीष्टिन राहत सेवा कार्यालय ललितपुरबाट महासंघलाइ प्राप्त स्वास्थ्य सुरक्षाका विभिन्न सामाग्रीहरु सञ्चारकर्मिहरुलाई शनिबार प्रदान गरिएको हो ।  ती सामाग्रीहरु महासंघका सदस्य सत्य बटालाले हस्तान्तरण गर्नुभएको हो । वितरण गर्ने बाँकि रहेकालाइ तत्कालै वितरण गरिने बटालाले बताउनुभयो ।

पत्रकारहरुलाई कोरोना भाईरसबाट बच्नको लागि मास्क, सेनिटाईजर,फेससिल, ग्लोब्स, पिपिई सेट बितरण गरिएको हो ।

कोरोना भाइरसको दोस्रो भेरियन्ट सुरु भएदेखि महासंघले विभिन्न निकायहरुवाट प्राप्त भएका स्वास्थ्य सामाग्रीहरु रुकुम पश्चिम र रुकुम पुर्वका संन्चारकर्मीहरुलाइ वितरण गर्दै आएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार