बोनस प्राप्त भएपछि रिचार्ज गर्नेको संख्यामा कमी

बोनस प्राप्त भएपछि रिचार्ज गर्नेको संख्यामा कमी

चैत २३ काठमाडौँ
दुरसञ्चार सेवा प्रदायकले रिचार्जमा शतप्रतिशत बोनस उपलब्ध गराउन थालेपछि रिचार्ज गर्ने प्रवृत्ति घटेको छ । एकपटकको रिचार्जमा सोही रकम बराबरकै बोनस प्राप्त हुने भएकाले उक्त बोनस र मूल ब्यालेन्स नसकिँदासम्म प्रयोगकर्ताले थप रिचार्ज नगरेको सेवा प्रदायकले जनाएका छन् ।

यसले निरन्तर आम्दानीमा असर थपिएको सेवा प्रदायकको दाबी छ ।
सेवा प्रदायकका अनुसार शतप्रतिशत बोनसको व्यवस्थाले रिचार्ज गर्ने प्रवृत्ति ५० प्रतिशतसम्म घटेको छ । बोनस प्राप्त हुँदा पहिले त्यही प्रयोग हुने र सकिएपछि मात्र मूल ब्यालेन्स प्रयोग हुँदा रिचार्जमा स्वभाविक प्रभाव परेको छ, नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी भन्नुहुन्छ ।

यसले रिचार्ज गर्ने प्रवृत्ति सामान्य अवस्थामा भन्दा कुनै दिन ५० प्रतिशतसम्म कम देखिएको उहाँले जानकारी दिनुभयो । पर्याप्त बोनस ब्यालेन्स उपलब्ध भएपछि रिचार्ज केही घटेको एनसेलले जनाएको छ ।

तत्कालै समग्र आम्दानीमा यसको प्रभाव नदेखिए पनि एक महिनासम्मको बोनस सुविधापछि असर देखिनसक्ने कम्पनीले जनाएको छ । कोरोना सङ्क्रमण रोकथाम स्वरूप सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म बन्दाबन्दी घोषणा गरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले चैत ११ गते नै सेवा प्रदायकलाई रिचार्ज उक्त अवधिभर बराबरकै ब्यालेन्स उपलब्ध गराउन निर्देशन दिएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार