मुसीकोटको बजेट : ७९ करोड ५७ लाख ५७ हजार

मुसीकोटको बजेट : ७९ करोड ५७ लाख ५७ हजार

मुसिकोट । आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले साढे ७९ करोड रकम विनियोजित गरेको छ । बिहिबार नगर उप–प्रमुख प्रेमकुमारी सुनार केसीले नगर सभामा ७९ करोड ५७ लाख ५७ हजार बजेट पेश गर्नुभएको छ । कुल विनियोजित बजेट मध्य चालु तर्फ ४६ करोड ८७ लाख ७२ हजार रहेको छ ।

त्यस्तै पुँजीगत तर्फ ३२ करोड ६९ लाख ८५ हजार रहेको छ । पुँजीगत बजेट कुल बजेटको ४१/१० प्रतिशत हो । कुल बजेट मध्य संघीय वित्तिय सामानिकरण अनुदान १२ करोड ३५ लाख, संघीय सर्शत अनुदान ४० करोड ७२ लाख २५ हजार, संघीय राजश्व बाँडफाँड ८ करोड ८५ लाख र संघीय समपुरक अनुदान १ करोड ३८ लाख रहेको छ ।

प्रदेश समानिकरण अनुदान १ करोड ३३ लाख ४४ हजार, प्रदेश राजश्व वाँडफाँड ९ लाख २० हजार, प्रदेश विशेष अनुदान ७५ लाख, प्रदेश समपुरक अनुदान २ करोड ५ लाख, प्रदेश सर्शत अनुदान ३ करोड ६७ लाख ७० हजार, नगरपालिकाको आन्तरिक आय ३ करोड समेतलाई समेटेर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको छ ।

मुसिकोट नगरपालिकाले यस पटकको बजेटमा कृषि उत्पादनलाई बढाई समूह तथा सहकारी मार्फत पत्यक्ष बजारसंग जोडि स्वरोजगार सृजना गर्ने योजना नीति ल्याएको छ । बजेटमा शिक्षा, कृषि, सिँचाई, सडक, खानेपानी तथा सरसफाइ, युवा तथा खेलकुद, रोजगार, वन तथा वाताबरण, बिद्युत लगायतका कार्यक्रमहरु पनि समाबेश गरिएको छ ।

त्यसैगरी सुचना र सञ्चार, कला, संस्कृति, सहकारी, पर्यटन र औद्योगिक बिकास निर्माण लगायतका कार्यक्रमहरु पनि समाबेश गरिएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार