काँग्रेस नेता जेके द्वारा बुरालमष्ट मन्दिरलाई १८० किलोको लकर सहयोग

काँग्रेस नेता जेके द्वारा बुरालमष्ट मन्दिरलाई १८० किलोको लकर सहयोग

मुसिकोट । नेपाली काँग्रेस रुकुम पश्चिमका युवा नेता तथा नेपाल मगर संघका केन्द्रीय सदस्य जनक कुमार बाँठा (जेके) ले बाँफिकोट ५ काँडामा अवस्थित बुरालमष्ट मन्दिरमा १८० किलोको लकर उपलब्ध गराउनु भएको छ ।

गत महिना मन्दिरमा नगद सुन सहित बहुमुल्य बस्तुहरु चोरी भएपछि बहुमुल्य बस्तुहरुको सुरक्षाको लागि लकरको साचो हस्तान्तरण गरिएको हो । सबैको आस्था श्रद्धा र विश्वासको धरोहर उक्त मन्दिरको जगेर्ना र संरक्षण गर्नुपर्ने दायित्व हरेक नागरिकको रहेकोले आफुले नागरिक दायित्व निर्वाह गरेको र आगामी दिनमा पनि निरन्तर सहयोग र सद्भाव जारी राख्ने युवा नेता जेकेले बताउनुभयो ।

उक्त सामग्री प्राप्ति पछि आफुहरुमा नयाँ उर्जा पैदा भएको बुरालमष्ट क्षेत्र विकाश समितिका प्रमुख संरक्षक धुर्वराज केसीले हृदयदेखि खुसी व्यक्त गर्दै असल कर्मले असल बाटो देखाउने भन्दै प्रसंशा सहित सम्मान व्यक्त गर्नुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार