अब क्वारेन्टाइनमा बसेका सबैको स्वास्थ्य परीक्षण गरिने र संकटको समयमा बिरामी रिसिभ सेनाले गर्ने

अब क्वारेन्टाइनमा बसेका सबैको स्वास्थ्य परीक्षण गरिने र संकटको समयमा बिरामी रिसिभ सेनाले गर्ने

चैत २३ काठमाडौं
आइतबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको बैठकले  क्वारेन्टाइन अवधि पूरा गरेकाहरू अब स्वास्थ्य परीक्षणपछि मात्रै घर फर्कन पाउने निर्णय गरेको छ ।

यसअघि क्वारेन्टाइनमा बसेकाहरू लक्षण नदेखिएपछि विनापरीक्षण घर जाने गरेकोमा अब स्वास्थ्य परीक्षण अनिवार्य गरिएको हो ।

बैठकले क्वारेन्टाइनमा बसेकाहरू स्वास्थ्य परीक्षणपछि मात्रै घर जान दिने निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव एवं समिति प्रवक्ता नारायण बिडारीले सञ्चारकर्मीहरुलाई जानकारी दिनुभएको छ ।

कोरोना भाइरसको प्रकोप फैलने खतरा बढेपछि सरकारले विदेशबाट फर्किएकादेखि शंकास्पद बिरामीको सम्पर्कमा पुगेकासम्मलाई क्वारेन्टाइन अनिवार्य गरेको छ ।

त्यस्तै  बैठकले कोरोनाविरुद्धको लडाइँमा ५० हजार स्वंसेविका परिचालन गर्ने पनि  निर्णय गरेको छ भने संकटको समयमा बिरामीलाई रिसिभ गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय  गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार