आठविसकोटमा खुकुरी प्रहार, दुई जना घाइते

घोडा र ट्र्याक्टर ठोक्किएको विषयमा विवाद

आठविसकोटमा खुकुरी प्रहार, दुई जना घाइते

घोडा र ट्र्याक्टर ठोक्किएको विषयमा विवाद

घाइते राजन विक र गोपाल विक ।

मुसिकोट । रुकुम पश्चिममा घोडा र ट्र्याक्टर ठोक्किएको विषयमा विवाद हुँदा दुई जना घाइते भएका छन् । जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर ३ खदीमा भएको विवादमा स्थानीय गोपाल विक र राजन विक गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार घटना लगत्तै जिल्ला प्रहरी कार्यालय र आठबिसकोट इलाका प्रहरी कार्यालयबाट थप प्रहरी पठाएर स्थिति नियन्त्रणमा लिईएको थियो ।

शुक्रबार साझ ५ बजे स्थानीय मदन बोहराको सामान बोकेको घोडालाई ट्र्याक्टरले ठक्कटर दिएपछि बिवाद भएको थियो । ट्र्याक्टर चालक अरुण चौधरीलाई प्रहरीले हिजो नै नियन्त्रणमा लिएको छ ।

घाईतको टाउको र पेटमा गम्भीर चोट लागेको छ । उपचारको लागि हेलिकोप्टर मगाईएतापनी खराव मौसम कारण यो समाचार बनाउदा सम्म अवतरण हुन सकेको छैन । अहिले सडक पुगेको ठाउँसम्म एम्बुलेन्स पठाउने र घटनास्थलबाट स्टेचरमा आठबिसकोट नगर अस्पताल ल्याउने तयारी भैरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

झगडा गरेको आरोपमा केहि लाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । घोडा र ट्र्याक्टर ठोक्किएको बिषय भन्दा पनि दुई गाउँको पुरानो रिसिभिले झगडा भएको बताएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार