कोरोना संक्रमित युवा सँगै आएका रुकुमका एक युवाको स्वास्थ्य अवस्था सामान्य

कोरोना संक्रमित युवा सँगै आएका रुकुमका एक युवाको स्वास्थ्य अवस्था सामान्य

चैत २४ रुकुम पश्चिम
कोरोना पुष्टि भएका कैलाली लम्कीका एक युवकसंगै नेपाल पसेका रुकुम पश्चिमका एक युवाको आज बिहान पहिचान भएको छ ।

मुसिकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले दिनुभएको जानकारी अनुसार भारतसँगका सबै नाका बन्द गरिएपछि चैत १२ मा नेपाल भित्रिएका रुकुम मुसिकोट नगरपालिका वडा नम्बर १ का २५ बर्षका युवाको पहिचान भएको हो ।

 

पहिचान भएका ती युवा अहिले बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ बालापुरमा आफन्तको सम्पर्कमा रहेका छन । उनी भारतको केरलामा मजदुरी गर्दै आएका थिए ।

आफन्तको घरमा आएको एक साता सम्म छुटै बसेका ती युवामा कोरोना भाइरसको कुनै लक्षण नदेखिएपछि परिवारको सल्लाहअनुसार आफन्तहरु सँग बस्दै आएका छन । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रशासकीय अधिकृत खड्काले बताउनु भयो ।

 

विभिन्न व्यक्तिहरुले सामाजिक सञ्जाल लगायत सञ्चारमाध्यममा सोहि युवा नेपाल आएको र बेहबर भएको जानकारी हुनेबित्तिकै नगरपालिकाले उक्त युवाको खोजी गरेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार