रुकुम पूर्वमा दाहिने शंख बरामद

रुकुम पूर्वमा दाहिने शंख बरामद

रुकुमकोट । रुकुम पूर्वमा प्रहरीले बिरलै पाइने दाहिने शंख फेला पारेको छ।  जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ६ खोपिचार स्थित अस्थायी प्रहरी चेक पोष्ठमा चेक जाँचको क्रममा २ जना व्यक्तिहरुको साथबाट दाहिने शंख बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक (डिएसपी) गणेशबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले यदि कहि कतैबाट चोरी भएको वा हराएको भएमा स-प्रमाण सहित सूचना राखिएको १५ दिन भित्र जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वमा सम्पर्क राख्न हुन अनुरोध गरेको छ ।

असार १३ गते प्रहरीले चेक जाँचको क्रममा दुई जना व्यक्तिहरुको साथ बाट फेला परेको उक्त शंख धार्मिक अनुष्ठानका लागि महत्वपूर्ण मानिदै आएको छ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार