रुकुमका चार संचारकर्मी सम्मानित

रुकुमका चार संचारकर्मी सम्मानित

मुसिकोट । रुकुम पश्चिमकाको मुसिकोट नगरपालिकाले जिल्लाका चारजना पत्रकारलाई सम्मानित गरेको छ । नगरपालिकाले नवौं नगरसभाबाट पुरस्कार सहित सम्मान गरेको हो । उज्यालोमा कार्यरत राजु लामिछाने, कान्तिपुर दैनिकमा कार्यरत हरि गौतम, नेपाल टेलिभिजनमा कार्यरत अमरराज पुन र रेडियो सानीभेरीमा कार्यरत परिचन्द्र खत्रीलाई सम्मान गरेको हो ।

नगरपालिकाले नीति, योजना तर्जुमा, विकास निर्माण, सुशासन, सेवा प्रवाह तथा सामाजिक सचेतना प्रवर्धन लगायत समृद्धिका गतिविधिलाई पत्रकारिताको माध्यमबाट प्रचार गरी उल्लेखनीय भुमिका खेलेको भन्दै पत्रकारलाई सम्मान गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार नगद १२ हजार ५ सयसहित दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको हो ।पत्रकारहरुका साथै मुसिकोटलाई विभिन्न क्षेत्रमा दिने व्यक्ति तथा सस्थालाई समेत सम्मान गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार